NMB Bank

Medias

एनएमबि बैंकको म्यानुअल हस्तक्षेप रहित आर्टिफिसियल ईन्टेलिजेन्सयुक्त ‘एनएमबि सापटी’ कर्जाबाट १,००० भन्दा बढी ग्राहक लाभान्वित

एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलो पटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालनमा ल्याएको सरल कर्जा  ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या १,००० पुगेको र जस अन्तर्गत रु. ६ करोड भन्दा बढी कर्जा प्रवाह भईसकेको जनाएको छ ।

उक्त कर्जा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने प्रावधान छ । यो सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै प्राप्त गर्न सकिन्छ ।

Read More

एनएमवि बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न

एनएमवि बैंक लिमिटेडको मिति २०७७।०३।२१ गतेका दिन सम्पन्न विशेष साधारण सभामा एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ । 

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात (क्जबचभ क्धबउ च्बतष्य ) १००ः ८५ लाई  उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ ।  जसअनुसार कञ्चन डेभलपमेन्ट बैंक लि. का शेयरधनीहरुले कञ्चन डेभलपमेन्ट बैंक लि. को १०० कित्ता बराबर एनएमबि बैंक लिमिटेडको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

Read More
Go to Last Visited Page