छिटो र सुलभ एटिएम सेवा बैंक र कार्ड धारकहरु बिचको एक मजबुत सेतु भइसकेको छ। यसको बढ्दै गएको प्रयोगले बैंकिङ प्रणालिमा नयाँ आयाम त लिएर आएकै छ, यसको साथै विभिन्न सुरक्षा जोखिमहरु पनि थपिएका छन्। यस्तै जोखिमहरु मध्ये एक एटिएम स्किमिङ पनि हो।
यो एक प्रकारको कार्ड चोरीको तरिका हो जसमा चोरहरुले एक सानो उपकरको मद्दतले तपाईंको कार्डमा भएको विवरण संचित गरि चोरी गर्दछन्। यही कार्ड विवरण प्रयोग गरी चोरहरुले अनलाईन वा एटिएमबाट कारोबार गर्न सक्छन्। चोरहरुले एटिएममा सानो क्यामेरा राखेर तपाईंको पिन पनि चोरी गर्न सक्छन्। यसरी चोरहरुले कार्ड मार्फत कारोबार गर्न चाहिने सबै विवरणहरु पाउन सक्छन्।
एटिएम स्किमिङका प्रकारहरु:
विगत केही वर्षहरुमा यस्ता किसिमका थुप्रै डाटाहरु चोरी भएका छन् र एटिएमबाट हुने चोरीहरु पनि बढेका छन्। एटिएम स्किमिङ मुख्य रुपमा दुई प्रकारका हुन्छन्। एक तरिकामा चोरहरुले चालु रहेको एटिएममा क्यामेरा राख्छन् र पिन र अरु विवरणहरु लिने गर्छन्। पैसा सामान्य किसिमले निस्किने हुनाले यो तरिकाको चोरी बारे ग्राहकहरु प्राय: अनभिज्ञ नै हुन्छन्।
अर्को किसिमको चोरीमा चोरहरुले पुरानो एटिएमहरु खडा गर्छन् र कार्ड प्रयोग गर्दा ग्राहकले राख्ने सबै विवरणहरु संचित गर्छन्। यो विधिमा पैसा ननिस्किए पनि ग्राहकहरु अनभिज्ञ नै रहन्छन्।
आफ्नो कार्डको कसरी सुरक्षा गर्ने?
यसरी कार्डको विवरण चोरी गरिसके पछि चोरहरुले कि त कार्डको विवरण राखेर प्रतिलिपि कार्ड बनाउँछन् वा अनलाईन कारोबार वा सो विवरण अनलाइन बेच्दिन्छन्। समय समयमा आफ्नो खाता र कार्ड विवरण नहेर्नेहरुलाई ठुलै नोकशानी नहुनजेल यसबारे पत्तै नहुने पनि देखिएको छ।
