सन् २००८ मा नेपाल राष्ट्र बैंकद्वारा "क" वर्ग वित्तीय संस्थाको रूपमा इजाजतपत्र प्राप्त गरी २० वर्षभन्दा बढी समयदेखि नेपाली वित्तीय बजारमा सञ्चालनमा रहेको एनएमबि बैंक लिमिटेड नेपालकै अग्रणी वाणिज्य बैंकहरू मध्ये एक हो।
बैंकमा नेदरल्याण्ड स्थित अन्ट्रप्रेनियुरियल डेभेलपमेण्ट बैंक (FMO) को संयुक्त लगानी रहेको छ। सेप्टेम्बर २०१६ मा संयुक्त लगानी सम्झौतामा हस्ताक्षर गरेसँगै, १४.१८% शेयर सहित, एफएमओ (FMO) बैंकको सबैभन्दा ठूलो शेयरधनि पनि हो। एफएमओ (FMO) सँगको गठबन्धनले एनएमबि बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू व्यवस्थापन गर्न र नवीकरणीय ऊर्जा र कृषि व्यवसायमा अग्रणी भुमिका खेल्न मद्दत गर्दछ।