ठुला संस्थाहरुका लागि कार्यगत पूंजी व्यवस्थापन
नियमित कारोबार आवश्यक्ता र छिटो प्रवाह हुने कार्यगत पूंजीको सुविधा
माग अनुसार वा छोटो समयका लागि कर्जा (कार्यगत पूंजी)
यो माल सामानको अनुपात बढाउन र ऋतु अनुसारको विक्री समायोजन गर्न चाहिने संरचित कार्यगत पूंजी सेवा हो। यो सेवा नगद रपान्तरण चक्रको अन्दाजको अनुसार ९० दिन देखि १८० दिनसम्म आवधिक गर्न सकिन्छ।
ट्रष्ट रसिद / पैठारीका लागि ऋण (व्यापारिक कर्जा)
नेपाल पैठारी आधारित अर्थतन्त्र हो। उत्पादनका लागि प्राय: कच्चा पदार्थहरु पैठारी नै भएर नेपाल आइपुग्छ। ब्यापारिक र उत्पादन संस्थाहरुका लागि एल.सी. द्वारा पैठारी गर्न ट्रस्ट रसिद कर्जाहरु एक सजिलो र लोकप्रिय माध्यम हो। यस्तो कर्जा दस्तावेजको म्यादको अधिकतम १२० दिनको अवधि सम्म प्रदान गरिन्छ। पैठारी कर्जाहरु टिटि, डिमाण्ड ड्राफ्ट र DAP सुविधाको लागि पनि जारी गर्न सकिन्छ।
प्याकिङ कर्जा / सामान रवाना अघिका लागि कर्जा
निकासीकर्ताहरुका लागि यो सेवा बैंकले ल्याएको छ। निकासी एल.सी वा कन्फर्म भएका अर्डरहरुका आधारमा यो कर्जा प्रदान गरिने गरिएको छ। निकासी चक्र अनुसार कच्चा पदार्थको खरिद, छुटफुट खर्च र सामान रवाना गर्नु भन्दा अगाडी चाहिने पूंजी व्यवस्थापनका लागि बैंकले यस्तो छोटो समयको कर्जा प्रवाह गर्ने गरेको छ। संपुर्ण खर्चको ७०% सम्मको कर्जा बैंकले प्रवाह गर्दै आएको छ।
परियोजनाहरुमा आवधिक लगानी
ठुला ठुला परियोजनाहरुका लागि चाहिने सुझाव र वित्तिय आवश्यकताको बारेमा बैंकसंग वर्ष भन्दा बढीको अनुभव छ। बैंकले हाईड्रो, उत्पादन, घर-जग्गा र होटेलहरुको निर्माणमा उच्च स्तरको सेवा र सुबिधा उपलब्ध गर्दै आएको छ।
हाम्रो सुझाव र योजना परियोजनाको अनुकुल हुनका लागि चाहिने शिल्प र अनुभव दुबै हाम्रो टोलीका सदस्यहरुमा भएका कारण हामी नेपालकै उत्कृष्ट परियोजनामा लगानी गर्ने बैंकका रुपमा स्थापित छौं।
परियोजनाक बिकास, वित्तिय सुझाव, संरचना देखी परियोजनाको अन्त्य सम्म बैंकले विभिन्न सेवाहरु दिंदै आएको छ।
व्यक्तिगत क्षमता अनतर्गतका सिन्डिकेशनहरु
एनएमबि बैंकले लामो समयसम्म चल्ने परियोजनाहरुका हकमा आमदानी क्षमता अनुसार आवधिक कर्जा प्रवाह गर्दछ। यस्ता कर्जा साधारणतय परियोजनाको कुल लागतको ७०% सम्म प्रदान गरिन्छ र अवधी भने ३ देखि १३ वर्षसम्मको हुन्छ। परियोजना अनुसार शर्तहरु बदल्न सक्ने हुन्छ।
हाईड्रो, उत्पादन, घर-जग्गा र होटेलहरुको निर्माणमा ठुलो रकम लगानी गर्दै आएको बैंक कन्सर्टियम सिन्डिकेशनको पनि कौशल राख्दछ।