Logo
  • 0

अवलोकन

शैक्षिक कर्जा विद्यार्थीको उच्च शिक्षाको (विदेश वा नेपालमै) लागि विद्यार्थी वा विद्यार्थीको प्रायोजकलाई प्रदान गरिने कर्जा हो।

APPLY for Loan Pre-qualification

योग्यता

उमेर१८ - ५० वर्ष
मान्य  हुने आवेदकको आमदानीहरु
  • तलबि कर्मचारीहरु
  • विप्रेशनबाट आमदानी गर्ने व्यक्तिहरु
  • स्वरोजगार भएका व्यवसायीहरु
  • व्यापारिहरु
  • भाडा वा लिजबाट हुने आमदानी
नाागरिकनेपाली
लिङ्गसबै
मान्य हुने खर्चहरु
  • शैक्षिक संस्थानलाई भुक्तानी गर्नु पर्ने शुल्क र बसाई खर्च
  • परिक्षा, पुस्तकालय र प्रयोगशाला शुल्क
  • किताब र उपकरणहरुको खरिद
  • यात्रा खर्च

कागजात

शैक्षिक कर्जाको आवेदन सहित निम्न दस्तावेजहरु यो कर्जा प्रशोधनका लागि आवश्यक हुन्छन्।

  1. पहिचानका लागि चाहिने दस्तावेजहरु
    • आवेदक, प्रायोजक र ग्यारेन्टरको नागरिकताको प्रतिलिपि र फोटो
    • स्थायी लेखा नंको प्रतिलिपि (लागू भएमा)
    • आवेदक, प्रायोजक र ग्यारेन्टरको घर पुग्ने गरि बनाइएको नक्शा
    • आवेदक, प्रायोजक र ग्यारेन्टरको कुल सम्पत्ति झल्किने विवरण
    • विभिन्न बैंकिङ कागजात
    • एनएमबि बैंक लिमिटेडमा ऋण खाता
  2. आवेदक, प्रायोजक र ग्यारेन्टरको कुल सम्पत्ति झल्किने विवरण
    • तलबि कर्मचारीहरुका हकमा
      • आफु कार्यरत संस्थाबाट प्राप्त हुने तलबको विवरण झल्किने प्रमाणपत्र (३ महिना भन्दा पुरानो नहुने गरि)
      • बैंक खाताको विवरण (लागू भएमा)
      • पछिल्लो दुइटा तलब विवरण
    • स्वरोजगार भएका व्यवसायीका हकमा
      • व्यवसाय दर्ताको प्रमाणपत्र
      • आमदानीको स्रोतको विवरण
      • ३ बर्ष सम्म लगातार व्यवसाय गरेको प्रमाण (कुनै भएमा)
      • बैंक खाताको विवरण
    • व्यापारीहरुका हकमा
      • व्यवसाय दर्ताको प्रमाणपत्र
      • आमदानीको स्रोतको विवरण
      • ३ बर्ष सम्म लगातार व्यवसाय गरेको प्रमाण (कुनै भएमा)
      • बैंक खाताको विवरण
    • अन्य श्रोतहरुको हकमा
      • हालको लिज भुक्तानीको रसिद र सम्झौताहरु र जग्गको लालपुर्जा। भविश्यमा भाडाबाट हुने आमदानीको गणना गरिने छैन।
      • भाडाबाट आउने आमदानी बारे थप विवरण। यदि भाडा आउने भवन घडेरी अरु बैंक तथा वित्तिय संस्थाको वित्तिय सरोकार छ भने, बैंकले त्यसको मध्यनजर गरि त्यस बमोजिम नै मुल्याङ्कन गर्नु पर्ने हुन्छ।
      • पेनसन स्लिप वा ब्याज आमदानीको विवरण
      • बैंक खाताको विवरण
      • अरु प्रमाणीकरण गर्न मिल्ने दस्तावेजहरु
    • धितोसंग सम्बन्धी दस्तावेजहरु
      • कर्जा सीमा स्वकृति पछि कर्जा प्रवाह गर्नु अगाडी चाहिने दस्तावेजहरु
      • जग्गाको लालपुर्जा
      • बाटो जग्गासम्म पुगेको विवरण देखिने ब्लु-प्रिन्ट र ट्रेस नक्शा
      • चार किल्ल
      • तिरो तिरेको रशिद
      • नक्शा पास प्रमाण पत्र
      • घर निर्माण सम्पन्न प्रमाण पत्र (घडेरीको मुल्याङ्कन गर्नु पर्ने अवस्थामा)
      • राजिनामा (थैली कमसेकम कर्जा स्विकृत सीमा जति हुनु पर्ने)
      • बैंकको मुल्यांकन कर्ताले मुल्यांकन गरेको घडेरीको विवरण
      • बैंकको नाममा जारी गरिएको घडेरी विमा (कमसेकम घडेरीको उचित बजार मुल्यको)
      • सरकारी मापदण्ड अनुसारको बाटो पुगेको
      • कुनै डेवलपरले बनाएको घडेरी भए, घडेरी निर्माण सम्पन्न प्रमाणपत्र पनि चाहिने हुन्छ

Note: Other documents as per Bank laid down procedures, as applicable

(This list of documents shall be specifically prepared for each customer by competent official)

विशेषताहरु

  • कर्जाको रकम: धितो राखिएको सम्पत्तिको उचित बजार मुल्य अनुसार ७०% सम्म
  • कर्जा अनुपात:
    • शिक्षा, यात्रा र बसाइ सबै खर्चको 100% सम्म
    • नेपालमा भए शिक्षा खर्चको 100%
  • अवधि: 15 वर्षको अधिकतम अवधि
  • कर्जा चुक्ता विधि: समान मासिक किस्ताहरु

प्राय: सोधिने प्रश्नहरू

Back to