न्यूनआय भएका वर्गको वित्तीय आवश्यकतालाई पूर्ति गर्नका लागि बैंकले विभिन्न प्रकारका लघुवित्त सेवाहरु उपलब्ध गराउदै आएको छ । यस प्रयोजनका लागि बैंकले छुट्टै लघुवित्त विभाग स्थापना गरेको छ जस्को एकमात्र दायीत्व भनेकै न्युनआय भएका वर्गहरुको वित्तीय आवश्यकता पहिचान गरी सो को परिपूर्ति गर्न विभिन्न सेवाहरु प्रदान गर्नु रहेको छ । यस्ता विपन्न वर्ग देशको कुल जनसंख्याको करिब ६०–७० प्रतिशत सम्म रहेको पाईन्छ ।
नेपालको वाणिज्य बैंकको इतिहासमा सबैभन्दा छिटो विकास गरेको एनएमवि बैंकलाई लक्ष्य अनुरुप अघि बढ्नकालागि यो (लघुवित्त) क्षेत्रमा लगानी बढाउन जरुरी छ । यस क्षेत्रमा लगानी बढाउनका लागि नेपाल राष्ट्र बैंकले समय समयमा जारी गरेका निर्देशनहरुको पालना गर्नका लागि पनि यो विभागले मद्धत पुर्याएको छ ।
बैंकले लघुवित्त सेवा दुई किसिमले प्रदान गर्दै आईरहेको छ ।
थोक कर्जा अन्तरर्गत बैंकले विभिन्न अघुवित्त विकास बैंकहरुका साथै विभिन्न सहकारी तथा गैर सरकारी संघसंस्थाहरुलाई थोक कर्जा उपलब्ध गराउदै आएका छ । यस्ता संघसंस्थाहरुको पहुँच समाजका न्युन आय भएका विपन्न वर्गहरुमा राम्रो हुने हुनाले यस प्रकारको थोक कर्जा विस्तार गर्दै आएको छ ।
बैंकले आफना विभिन्न शाखाकार्यालयहरुबाट पनि विपन्न वर्गलाई लघुवित्त सेवाहरु प्रदान गर्दै आईरहेको छ । यस किसिमको सेवा अन्तरगत सामुहिक जवानीमा विना धितो लघुकर्जा, धितोमा आधारित लघुकर्जा तथा सहुलियतपूर्ण व्याजमा लघुकर्जा जस्ता कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । यसका अतिरिक्त बैंकले महिला वर्गको उत्थानका लागि महिला उद्दमशिलता कर्जा, विदेशबाट फर्केका युवाहरुका लागि युवा स्वरोजगार कर्जा लगायतका विभन्नि कर्जाहरु पनि उपलब्ध गराउदै हाएको छ । जसबाट समाजमा रहेका विपन्न तथा न्युन आय भएका किसान, उद्दमी, महिला आदी लाभान्वित हुन पुगेका छन ।
विपन्न वर्गलाई लघुवित्त सेवाको अतिरिक्त उनीहरुको सामाजिक, आर्थिक, शैक्षिक स्तर माथि उठाई उनीहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले बैंकले विगतमा थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुसंगको समन्वय र साझेदारी गाउँ गाउँमा वित्तीय पहुँच पुर्याउन थुप्रै कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
१. लुमन्ती नेपालको सहयोगमा न्युन लागत आवास परियोजना
२. ब्लुबेरी च्यारिटेवल ट्रष्टको साझेदारीमा पहाडी क्षेत्रका विभिन्न सहकारी संस्थाहरुलाई विभिन्न कर्जा कार्यक्रममा समेटेको
३. हाईफर अन्तराष्ट्रियको सहकार्यमा पशुपालन कार्यक्रम
४. उद्दमशिलताकोषको सचवालयको सहकार्यमा स्नातक प्राप्त ग्राहकहरुका लागि विभिन्न शिप विकास तालिम
आगामी दिनहरुमा बैंकको विस्तारित लघुविक्त कार्यक्रम नेपालका विकट तथा सुदुर ग्रामीण क्षेत्रहरुमा केन्द्रित हुदै देश र समाजको विकासमा कटिवद्ध हुने लक्ष्य लिएको छ ।