Logo
  • 0

एनएमबि बैंकले ल्याएको डि-म्याट खाता आफ्नो शेयर राख्ने एक सुरक्षित खाता त हुँदै हो, यसका साथैे यो तपाईंको लगानीलाई सजिले बनाउने साधन पनि हो। आफ्नो डि-म्याट खाता तपाईंले आफ्नो मोबाइल र ईन्टरनेट दुबैबाट हेर्नसक्नुहुन्छ र आफ्नो लगानीको बारेमा जति खेर पनि जानकारी लिन सक्नुहुन्छ। 

बैंकले आफ्नो भातृ संस्था एनएमबि क्यापिटल सँगको सहकार्यमा यो खाताको सुबिधा बैंकको सबै शाखाबाट दिने गरेको छ। 

डि-म्याट खाता भनेको के हो?

शेयर बजारमा गरिने लगानीका प्रमाणपत्रहरु डिजिटल्ली राखिने खातालाई नै डि-म्याट खाता भनिन्छ। शेयरको कारोबार गर्न डि-म्याट खाता अनिवार्य चाहिने हुन्छ। 

डि-म्याट खाताका फाइदाहरु:​

  • सम्पत्ति राख्ने सुरक्षित र सुल्भ तरिका
  • कागजी शेयर भन्दा सुरक्षित
  • शेयरको तुरुन्तै वितरण
  • शेयर खरिद बिक्रिमा चुस्तता
  • सबै शेयरहरु एकै स्थानमा आउने
  • बोनस शेयर र अरु कारणले प्राप्त हुने शेयर सिधै खातामा जम्मा हुने

डि-म्याट खाता खोल्न के के दस्तावेजहरु चाहिन्छ?

निम्न बमोजिम दस्तावेजहरु चाहिने हुन्छ:

व्यक्तिका हकमा

संस्थाहरुको हकमा

  • पुर्ण रुपले भरिएको आवेदन फारम
  • ग्राहक र DP बिचको सम्झौता
  • नागरिकताको प्रतिलिपि
  • पासपोर्ट साइज फोटो
  • पुर्ण रुपले भरिएको आवेदन फारम
  • ग्राहक र DP बिचको सम्झौता
  • संस्था दर्ताको प्रतिलिपि र नियमावली
  • डि-म्याट खाता खोल्नका लागी गरिएको सञ्चालक समितिको निर्णय
  • कर दर्ता प्रमाण पत्र
  • श्थायी लेखा नंको प्रमाणपत्र
  • सञ्चालक समितिका सम्पुर्ण पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
  • सहि गर्नेहरुको फोटोहरु
  • पार्टनरशिपको सम्झौता

आवेदन फारम र सम्झौता पत्र(व्यक्तीगत / संस्था)
ड-म्याट बारे प्राय: सोधिने प्रश्नहरु (FAQ’s) – Demat Account 
Fथप जानकारीका लागी फोन नं: ०१-४२४६१६० र इमेल: call@nmb.com.np

डि-म्याट खाता अनलाईन हेर्न -:https://onlinedemat.nmbcl.com.np/

Back to