Logo
  • 0

एनएमबि 3D secure

3D secure सेवामा रेजिस्टर गर्नुहोस र एनएमबि कार्डको सेवाले विभीन्न अनलाईन साईटहरुमा कारोबार गर्नुहोस। 

बैंको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि 3D Secure सेवाको माध्यमबाट अनलाईन कारोबार से‍वा प्रदान गर्न पाएकोमा हामीलाई गर्व छ। यो सेवा अन्तर्गत 3D Secure सेवा सुचारु गरेका कार्ड प्रयोगकर्ताले अनलाईन कारोबार गर्न सक्नेछन्। 

यो सेवा ग्राहकलाई विशिष्ट सेवा प्रदान गर्ने अठोटको एउटा स्वरुप पनि हो जसबाट ग्राहकहरुले Verified by Visa सँग आवद्ध सबै अनलाइन पसलहरु (ई-कमर्स) सुरक्षित रुपमा कारोबार गर्न सक्छन्। यो सेवा चलाउँदा हरेक कारोबार पटके पिन मार्फत रुजु हुने भएकाले एकदमै सुरक्षित र सरल पनि छ। 

रेजिस्टर गर्नका लागि ई-कमर्स आवेदन फारम भरेर नजिकैको बैंकको शाखामा बुझाउनु होला।

थप जानकारीका लागि:

इमेल: cardsupport@nmb.com.np
फोन: +977-1-5970152 ९७७-१-५९७०१५२

Back to